चितवन ३ मा रास्वपाकी सोविताको फराकिलो जित

काठमाडाैं | फागुन २३, २०८२

चितवन ३ मा रास्वपाकी सोविताको फराकिलो जित

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । 

 

गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभयो । गौतम यसअघि काठमाडौँ २ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

 

चितवन क्षेत्र ३ मा नेपाली काँग्रेसका टेकप्रसाद गुरुङको ८ हजार ३४४ र नेकपा (एमाले) का शंकर थपलियाले ५ हजार ४ मत प्राप्त गर्नुभएको छ ।

 

यसअघि यो क्षेत्र चुनाव जितेको राप्रपाले यो पटक १ हजार २२६ मत मात्र प्राप्त भएको छ । यहाँ राप्रपाका दिपक थापा उम्मेदवार हुनुहुन्थ्यो ।  

 

यो क्षेत्रमा काँग्रेस, एमाले लगायतका २१ जना उम्मेदवारको जमानत जफत भएको छ । यो क्षेत्रमा १ लाख ५३ मत खसेको थियो । जमानत जफत हुनबाट बच्न उम्मेदवारले खसेको मतमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी ब्यवस्था छ । 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्